म्याग्दी पहिराे : एकै परिवारका पाँच जनाकाे ज्यान गयाे

 साउन १७, २०७९ मंगलबार १४:७:० | प्रताप बानियाँ
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

म्याग्दी -  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएकाे पहिरोमा परेर एकै परिवारका पाँच जनाकाे ज्यान गएकाे छ । 

आज बिहान गएकाे पहिराेमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८  वर्षीय नवीन विक र १४ वर्षीय राजन विककाे ज्यान गएकाे हाे ।

पहिराेमा परेर ६५ वर्षीय गाेठे विक र ६३ वर्षीया गाेरी विक गम्भीर घाइते भएका छन् । 

आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विककाे घर बगाएकाे थियाे । पहिराेमा परेका दुई जनाकाे घटनास्थलमै र अन्य बेपत्ता तीनकाे शव पुरिएकाे अवस्थामा भेटिएकाे हाे। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएकाे छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया