नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानु पर्दैन : नेता बिजुक्छे

 साउन २०, २०७९ शुक्रबार १९:४७:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री बन्नका लागि दिल्ली नभइ जनताको घरदैलौमा जानु पर्ने बताउनुभएकाे छ । आज शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रधानमन्त्री नेपाली जनताले बनाउने बताउँदै दिल्ली धाउनु नपर्ने टिप्पणी गर्नुभएकाे हाे । 

केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली गएकोतर्फ इङ्गित गदै नेता बिजुक्छेले नेपाली जनताको मन जितेर सरकार बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दिल्लीमा गएर सरकार बनाउन माग गर्ने हैन ।’

नेता बिजुक्छेले दलहरूले चुनावी घोषणापत्र विपरीतका पार्टीसँग गठबन्धन गरेर सरकार बनाउन नहुने बताउनुभयाे । घोषणापत्रमा वामपन्थी हुने तर दक्षिणपन्थीसँग गएर सरकार बनाउन नमिल्ने उहाँकाे भनाइ छ । ‘घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नबनेपछि अर्को पन्थीतर्फ जान हुँदैन’, बिजुक्छेले भन्नुभयाे, ‘वामपन्थी भएर दक्षिणपन्थीसँग मिलर सरकारमा जान सिद्धान्तले दिँदै दिँदैन ।’ उहाँले घोषणापत्र हेरेर जनताले भोट हाल्ने हुँदा जनताको आदेश विपरीत जान नहुने बताउनुभयाे । 

कार्यक्रममा बाेल्दै उहाँले अर्थशास्त्रको कुनै ज्ञान नभएकाे मान्छेलाई अर्थमन्त्री बताएको भन्दै विरोध गर्नुभयाे । रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर महँगी बढेको बताउँदै उहाँले अमेरिका र चीनबीचको द्वन्द्वका कारण अझ चरम सङ्कट उत्पन्न हुन सक्ने उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया