बिजुलीकाे काम पूरा नहुँदा पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित

 साउन २४, २०७९ मंगलबार १५:२९:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित भएको छ । पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा बिजुली भएको भए एक महिना अगाडि नै पानी पुग्ने थियो । 

पाथीभरा मन्दिरमा 'लिफ्टिङ' प्रविधिबाट पानी पुर्‍याउन सबै काम सकिएको छ । पानीको मुहानमा पम्प जडान भएको छ भने बलुडाँडामा पनि काम सकिएको छ । तर केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले पानी पुर्‍याउन नसकिएको ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो । थापाले लिफ्टिङ प्रविधिले प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने अनुमान गरेको बताउनुभयो ।  

आठ करोड २२ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो । यसमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत र पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारी भएको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया