आठराई त्रिवेणी गाउँपालिकाले प्राविधिक विषय पढ्न ७ जनालाई छात्रवृत्ति प्रदान गर्ने

 साउन २९, २०७९ आइतबार १८:३१:३४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आफ्नो पालिका भित्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका ७ जना विद्यार्थीलाई गाउँपालिकाले  कक्षा ११ र १२ मा प्राविधिक विषय पढ्नका लागि छात्रवृत्तिको व्यवस्था मिलाउन लागेको गाउँपालिकाले जनाएको  छ ।

पालिकाले छातेढुङ्गा मावि, चाँगे मावि, सरस्वती मावि, दुर्गा मावि, गुप्तेश्वर मावि र सरस्वती माविमा अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षातर्फ प्राविधिक विषय अध्ययन गर्न वार्षिक जनही एक–एक लाख रुपैयाँका दरले छात्रवृत्ति दिइने गाउँपालिकाका अध्यक्ष दिपेन पोमुले बताउनुभयो । 

यस्तै आठराईले पालिकाभित्र कक्षा ११ र १२ पढाइ हुने तीन वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । पालिकाभित्र रहेका सरस्वती माध्यमिक विद्यालय हाङपाङ, दुर्गा मावि फुलबारी र चाँगे मावि चाँगेमामा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने सबै शुल्क गाउँपालिकाले तिरिदिने अध्यक्ष पोमूले जानकारी दिनुभयो । 

शुल्कबापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलबारीलाई ६–६ लाख र चाँगे माविलाई चार लाख रुपैयाँ भुक्तानी दिएको अध्यक्ष पोमुले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया