शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

 साउन ३०, २०७९ सोमबार १८:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।  

शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • बिष्णु खत्री

    Aug. 15, 2022, 9:47 p.m.

    बलिको बोको !!

  •  0 Reply

तपाईको प्रतिक्रिया