विकास र समृद्धिकाे एजेन्डा एमालेसँग मात्र छ : रायमाझी

 भदौ १, २०७९ बुधबार १६:१:५९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गर्नुभएकाे छ । 

प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताउनुभयाे । ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, उहाँले भन्नुभयाे, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’

माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भन्नुभयाे, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन् ।’ विगतको माओवादी युद्धमा पार्टीभित्रको विद्रोहले रोल्पामा पार्टीलाई ठूलो क्षति पुर्‍याएको स्मरण गर्दै नेता रायमाझीले फेरि पनि रोल्पामा माओवादी पार्टीभित्रबाटै विद्रोहको सङ्केत देखा परेको बताउनुभयाे । ‘अरूको धेरै के कुरा गर्नु’, उहाँले भन्नुभयाे, ‘तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ एमाले भनेको तेस्रो शक्तिबाट पहिलो बनेको पार्टी हो, अरू भनेका पहिलोबाट अन्तिमतर्फ पुग्दैछन् ।’

पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा आउनुभएका रायमाझीले एमालेबाट अन्य पार्टीमा कोही पनि नगएको तर माओवादी र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको जिकिर गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया