टर्कीमा भूकम्पको अर्को शक्तिशाली धक्का, ज्यान गुमाउनेको सङ्ख्या १...
माघ २३, २०७९ सोमबार
रामेछाप - रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ ।
हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो ।
बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ ।
यस्तै, हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईँको ढुङ्गा माटोले बनेको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।