नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सचिवालय स्थापना

 भदौ ५, २०७९ आइतबार १८:३८:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको सचिवालय पोखरामा स्थापना गरिएको छ । पोखरा रङ्गशालामा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सचिवालयको उद्घाटन गर्नुभयाे । 

कार्यक्रममा खेलकुदमन्त्री गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता तीनै तहको सरकारको साझा दायित्व र जिम्मेवार भएको बताउनुभयाे । राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक प्राविधिक करारमा खटाउने तयारी रहेकाे उहाँकाे भनाइ छ । 

‘राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक प्राविधिक (प्रशिक्षक) कति चाहिन्छ, यकिन गर्छ । जहाँ आवश्यकता छ त्यहाँ स्वयंसेवक प्रशिक्षकलाई करारमा नियुक्ति गरेर प्रशिक्षण सुरु गराउने छौँ’, मन्त्री गहतराजले भन्नुभयाे । 

गण्डकीका मुख्यमन्त्री पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यसैगरी पोखराका मेयर आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने नै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ, सहयोग रहने प्रतिबद्धता जनाउनुभयाे । 

प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया