एटीएम फाेरेर १४ लाख ७१ हजार रुपैयाँ चाेरी गर्ने व्यक्ति पक्राउ

 भदौ ५, २०७९ आइतबार १९:६:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हाे । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रुपन्देही बेलहिया नाकाबाट तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी अजय केसीले जानकारी दिनुभयाे । 

तामाङले पोखरा २६ अर्घाैँचोकमा रहेको एनएमबी बैंकको एटीएम विना हातहतियार खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँच सय रुपैयाँ चोरी गरेका थिए ।

वैशाखयता पोखरामा चार पटकसम्म एटीएम मेशिन फोरेर रकम निकाल्ने प्रयास भएको थियो । पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया