रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता

 भदौ १२, २०७९ आइतबार १०:२९:५९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् । 

बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा रहेका छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । रोल्पाको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्तीगाउँका लागि छुटेकाे बा ७ च ५००२ नम्बरको जीप सडकबाट करिब एकसय मिटर तल माडी खोलामा खसेको हो ।

अहिले नेपाली सेनाको टोलीले बेपत्ताकाे खोजी गरिरहेको छ । दुर्घटना भएको गाडी शहीदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया