गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन प्रस्ताव

 भदौ १५, २०७९ बुधबार १७:५०:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ । 

कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकाङ्क्षीहरूलाई बुधवार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिनुभएकाे हाे । 

कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सह–महामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । नाै जनाले समानुपातिक उम्मेदवार बन्न निवेदन दिएका नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिनुभयाे । जिल्ला सचिव ढकालले स्थानीय नेता, कार्यकर्ताको चाहनाअनुसार महामन्त्री थापालाई कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बनाउन आवेदन हालिएको जानकारी दिनुभयाे । 

प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका आकाङ्क्षीहरू यी हुन्–   
१, कृष्ण बहादुर केसी २, गुरुप्रसाद बराल ३, सुदिप मोहन भट्टराई ४, जीवन परियार ५, तिलकबहादुर रानाभाट ६, विश्व घिमिरे ७, वीरबहादुर बुढाथोकी ८, कृष्ण कार्की ९, रामबाबु भण्डारी १०, दीपक सुवेदी ११, होमबहादुर बसेल विमल १२, सुनिल गुरुङ १३, किशोरदत्त बराल  १४, चतुराखर अधिकारी १५, सरस्वती गुरुङ १६, गगनकुमार थापा १७, यज्ञबहादुर थापा 

समानुपातिकतर्फ :

१, तारानाथ रानाभाट २, सरस्वती गुरुङ ३, तीर्थ जङ्गली ४, राजकुमार गुरुङ ५, सूर्यप्रसाद भण्डारी ६, खलिल मियाँ ७, विन्दु भण्डारी ८, रामबहादुर केसी ९, तर्कजङ्ग गुरुङ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया