राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधूप र दाँत काेट्याउने सिन्का उत्पादन गर्ने मेशिन बनाउने

 भदौ १७, २०७९ शुक्रबार १५:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधूप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेशिन बनाउने भएको छ । 

शुक्रवार उद्योग मन्त्रालयमा मेशिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो । आविष्कार केन्द्रले आउँदाे वैशाखसम्म सिन्केधूप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेशिन निर्माण सक्ने गरी सरकारले सघाउने सम्झौता भएको छ । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरूप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बाेल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताउनुभयो । उत्पादन गर्ने कुरा पालिकाबाट नै सुरु गर्दा स्थानीयस्तरमा नै रोजगारी सिर्जना हुने उहाँकाे विश्वास छ । 

मन्त्री बडूले नेपालको स्थानीयस्तरमा नै उत्पादन बढाउनका लागि सरकारले साना–साना उद्योगको योजनाहरू अगाडि बढाएको दाबी पनि गर्नुभयो । उहाँले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेकाे भन्दै त्यसले उद्यम र उद्यमीहरूको सङ्ख्या बढाउने बताउनुभयो । 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताउनुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमी बढाउने भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया