टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङमा १ जनाकाे ज्यान गयाे

 भदौ १९, २०७९ आइतबार १३:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङमा टिकटक (भिडियाे शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । 

तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएकाे छ । शनिवार राति ९ बजेको समयमा तुलसीपुर ३ काे साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेका थिए । 

भिरबाट लडेर घाइते भएका उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया