सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

 भदौ २२, २०७९ बुधबार २०:२३:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा उपमहानगरपालिका १८ काे सराङकोटमा ६१ फिट अग्लो पन्चमुखी गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो ।

गणेशको मूर्ति स्थापना गर्न बुधवार पोखराका मर्यर धनराज आचार्यले शिलान्यास गर्नुभयाे । शिलान्यास कार्यक्रममा मेयर आचार्यले गणेशकाे मूर्तिले पाेखरा आउने पर्यटकलाई थप आकर्षण थप्ने बताउनुभयाे । 

सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताललगायतका रमणीय दृश्य देख्न सकिन्छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले अन्नपूर्ण केबुलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेर गणेशको मूर्ति स्थापना गर्न लागेको हो । धार्मिक पर्यटक बढाउने उद्देश्यले गणेशको मूर्ति स्थापना गर्न लागेको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयाे । 

सराङकोट प्याराग्लाइडिङ गर्न, पोखरा केबलकार चढेर जान, सूर्योदय हेर्नका लागि पनि प्रख्यात छ । गणेशको मूर्ति निमार्णका लागि पाँचदेखि नाै कराेड रुपैयाँ लाग्ने अनुमान छ । तल्लो तलामा फलामका पिल्लर बनाएर ढलान गर्ने र माथिल्लो भागमा झन्डै ६१ फिट अग्लो मूर्ति बनाउने लक्ष्य रहेको छ । 

आउँदाे फागुन ६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको यो योजनाका लागि विभिन्न व्यक्ति र सङ्घ–संस्थासँग सहयोग सङ्कलन गरिने छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया