कमेडियन अपूर्व क्षितिजलाई तारेखमा छाडियाे

 भदौ २३, २०७९ बिहिबार १८:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ । आज बिहीवार उनलाई हिरासतबाट छाडेको काठमाण्डाैका सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

प्रहरीको अनुसन्धान नसकिए पनि अपूर्वलाई कोरोना सङ्क्रमण पुष्टि भएको कारणले छाडिएको हो । प्रहरीले छाड्न सहमति मागेपछि छाडिएको कार्यालयले जनाएको  छ । उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो । उनको अनुसन्धान भने सकिएको छैन । उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत छन् ।

हिजो बुधवार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डाैले प्रहरीलाई अनुमति दिएको थियो । स्ट्यान्डअप कमेडी गर्दा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया