शौचालयकाे झ्यालबाट फरार भए म्याद थप्न लगिएका बन्दी

 भदौ २३, २०७९ बिहिबार २०:२५:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।

घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीवार बेलुकी ५ बजेतिर जिल्ला अदालतबाटै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतले जानकारी दिनुभएको छ ।

फरार भएका विश्वकर्मा सुन चोरी अभियोगमा बुधवार पक्राउ परेका थिए । भित्र न्यायाधीशसमक्ष उपस्थित गराउने क्रममा विश्वकर्मा शाैचालय गएका थिए । त्यही क्रममा उनी शाैचालयको झ्यालबाट भागेका डीएसपी गौतमले बताउनुभयो ।

लामो समयसम्म विश्वकर्मा शाैचालयबाट नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ नभेटिएपछि अहिले खाेजी भइरहेकाे प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया