राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ : प्रचण्ड

 भदौ २४, २०७९ शुक्रबार ११:३७:४३ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताउनु भएकाे छ । नेता दाहालले संविधान अनुसार राष्ट्रपतिलाई विधेयक एक पटक फर्काउने अधिकार भएको भन्दै दोस्रो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएकाे हाे ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेता दाहालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताउनु भयाे । उहाँले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताउनुभयाे ।

‘संविधानतः एक पटक राष्ट्रपतिलाई चित्त नबुझे विधेयक फिर्ता पठाउन मिल्छ । दोस्रो पटक पास गरेपछि अब फिर्ता गर्न मिल्दैन, संविधानमा त्यो व्यवस्था छैन,’ उहाँले भन्नुभयाे, ‘यदि प्रमाणीकरण गर्नुभएन भने अदालत जान्छ । कि उहाँले राजीनामा दिनुपर्छ ।’

सिट बाँडफाँटका लागि आजै बस्ने बैठकले टुङ्गाे लगाउने उहाँले बताउनुभयाे । ‘हिजो टुङ्गिने अवस्था थियो । हामी नेताहरू बाहिर जानुपर्ने कार्यक्रम धेरै भयो । आज ३ बजेबाट निर्णायक बैठक बस्नेछ,’ उहाँ भन्नुहुन्छ, 'आज टुङ्ग्याउने गरी बैठक बस्छौँ ।’

प्रचण्डले प्रधानमन्त्री काे बन्ने भन्ने विषयमा चुनावको नतिजापछि मात्रै छलफल हुने बताउनुभयाे । प्रचण्डले आफूले चाहे अहिले नै प्रधानमन्त्री हुन सक्ने भए पनि आफ्नो चाहना नभएको दाबी समेत गर्नुभयाे । २०७४ सालको चुनावपछि पाँचै वर्षको लागि प्रधानमन्त्री हुन ढोका खुला भएकाे तर  त्यस समयमा बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया