पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ

 भदौ २७, २०७९ सोमबार ८:३६:३० | सागर राज तिमिल्सिना
unn.prixa.net

साङ्केतिक तस्बिर

कास्की - पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ ।

गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । पीडित महिलाले १५ गते बेलुकी नै उजुरी दिएको उहाँले बताउनुभयो ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेका र फरार रहेका एक जनाको खोजी भइरहेको  प्रहरीले जनाएको छ ।  पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया