माधव नेपालको पार्टीले ३ प्रतिशत मत पनि कटाउँदैन : अध्यक्ष ओली

 भदौ २८, २०७९ मंगलबार १७:४४:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले मङ्सिरमा हुने चुनावमा 'थ्रेसहोल्ड' नकटाउने दाबी गर्नुभएकाे छ । 

आज मङ्गलवार नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टीले तीन प्रतिशत मत कटाउन नसक्ने बताउँदै चुनावसम्म पुग्दा त्याे पार्टीमा कार्यकता नै नरहने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यो भविष्यवाणी भयाे, लेखेर राख्नुस्, माधव नेपालले तीन प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनू । त्याे विचार नै नभएकाे पार्टी हाे ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले देश बरबादीमा लगेको आराेप लगाउनुभयाे । ‘सत्ता गठबन्धनले देश बरबादीतर्फ धकेलिरहेको छ । परराष्ट्र सम्बन्ध बिगारेको, राष्ट्रियतामा सङ्कट उत्पन्न पारिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’

देशको अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा सत्ता गठबन्धनले बजेट बनाउन केही व्यापारिक प्रतिनिधि राखेर करकाे दर तोकेको उहाँले बताउनुभयाे । उहाँले एमसीसी र एसपीपीबाट नेपालमा शक्ति राष्ट्रको चलखेल बढेको दाबी पनि गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया