पोखरामा मासुपसल अनुगमन, २५ जना कारबाहीमा

 असोज ५, २०७९ बुधबार १०:५०:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ जना  मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको हाे । उनीहरुलाई ५ हजारका दरले जरिबाना सहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको प्रमुख अधिकारीले बताउनुभयाे ।

अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनमा पसल दर्ता  नभएको, मुल्यसूची नभएको, मासु बध गर्ने स्थलमा सरसफाइ नभएको देखिएको छ । यस्तै एक पसलबाट ७ केजी बाख्रीकाे मासु नियन्त्रणमा लिएको छ ।

दशैँ र तिहारमा मासुको प्रयोग बढ्ने भएकाले मासुबाटै अनुगमन सुरु गरिएको र अब खाध्यान्न लगायतका पसलहरुमा  गरिने र निरन्तर चल्ने पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं अनुगमन संयोजक मञ्जु गुरुङले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया