म्याग्दीको बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण

 असोज ६, २०७९ बिहिबार १३:५७:३५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा रहेको १ सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।

बेनी नगरपालिका–७, मङ्गलाघाट र २ नम्बर वडा बगरफाँट जोड्ने म्याग्दी खोलामाथि काठको सहयोगमा निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेको हो ।

१९४४ सालमा निर्माण गरिएको म्याग्दीखोला वारि मङ्गलाघाट र पारिको बस्ती बगरफाँटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् । पुलको लठ्ठामा खिया लाग्नु, काठका फ्ल्याकहरु कुहिँदै जानु र गएको वर्ष पुलमाथि जीप खसेर दुर्घटना हुँदा पुलमा क्षति पुगेपछि पुल कोल्टे पर्नुका साथै जीर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ ।

यो पुल बाग्लुङको गलकोटका स्वर्गीय लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दी जिल्लाको रुम गाउँका स्थानीयको पुलमा काम गर्ने परम्परागत सिपलाई प्रयोग गरी बनाउनुभएको थियो । मङ्गलाघाट र बगरफाँट जोड्ने म्याग्दी खोलामाथि रहेको झोलुङ्गे पुलको लम्बाइ ४२ मिटर रहेको छ भने चौडाइ १ सय ६ सेन्टिमिटर रहेको छ ।

पुरानो तथा ऐतिहासिक महत्त्व बोकेको मङ्गलाघाटको झोलुङ्गे पुलको मर्मतसम्भार गर्न आवश्यक पहल थालिएको बेनी नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया