कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 असोज १६, २०७९ आइतबार १२:५१:५९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट– कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते तोकेपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि शनिवार जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहने गरी कार्यालय स्थापना भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख श्री धनजित शाही, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, जिल्लामा रहेका चार वटै सुरक्षा निकायका प्रमुख, पत्रकार एवम् अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया