राष्ट्रपतिको हातबाट टीका लगाउन पुगे उच्च पदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरसहित)

 असोज १९, २०७९ बुधबार १७:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई बडादशैँकाे टीका लगाइदिनुभएको छ । आज बुधवार शितल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनुभएको हो । 

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काेइराला, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाका सांसद, नेपाली सेनाका उच्च पदस्थ अधिकारी, नेपाल सरकारका सचिव, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिनुभएको थियो । 

राष्ट्रपति भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई पनि टीका लगाइदिनुभएको छ । उहाँले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको हो । टीका लगाउनका लागि मानिसहरू शितल निवासमा लामबद्ध छन् । 

यसअघि साइतमा राष्ट्रपति भण्डारीले उत्तम साइतमा परिवार र आफन्तलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यस्तै उहाँले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया