स्याङ्जा – २ मा कांग्रेस उपसभापति गुरुङ र एमाले सचिव अर्यालबीच प्रतिस्पर्धा हुने

 असोज २३, २०७९ आइतबार १६:५५:१४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल बीच प्रतिस्पर्धा हुने भएको छ ।  

स्याङ्जाको क्षेत्र नम्बर २ का लागि उहाँहरु दुवैले उम्मेदवारी दर्ता गराउनु भएको हो । वालिङ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गराउनु भएको हो । 

यस्तै नेपाली कांग्रेसबाट प्रदेश सभाको लागि (क) मा भोजराज अर्याल र (ख) मा महेश भट्टराईले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै प्रदेश सभाको (क) गठबन्धन अन्तर्गत नेकपा समाजवादीलाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नु भएको छ ।

यस्तै नेकपा एमालेका तर्फबाट प्रदेश सभाको (क) मा पूर्व प्रदेश सांसद मोहन प्रसाद रेग्मी र (ख) मा डाक्टर बुद्धिमान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायण प्रसाद मरासिनीले मनोनयन दर्ता गराउनु भएको छ ।  

यस्तै कांग्रेसका तर्फबाट प्रदेश सभामा (क) का लागि  मा प्रदेशका पूर्व सांसद मेखलाल श्रेष्ठ र (ख) मा कांग्रेस जिल्लाका पूर्व कार्यवाहक सभापति कुमार रानाले मनोनयन दर्ता गराउनु भएको छ ।

गठबन्धन अन्तर्गत प्रदेश सभातर्फ (क) माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै एमालेले प्रदेश सभातर्फ (क) मा सीता सुन्दास र (ख) मा सुधीर पौडेलले मनोनयन दर्ता गराउनु भएको छ । 

त्यस्तै प्रतिनिधि सभाका लागि २ नम्बर क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङले पनि मनोनयन दर्ता गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया