कालीकाेट : पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान खुल्याे

 असोज २४, २०७९ सोमबार १२:३७:५७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटकाे तीलागुफा नगरपालिका-४ मा पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान खुलेकाे छ । तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका डीएसपी जयश्वर रिमालले बताउनुभयो ।

 अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् । घटनाले तिलागुफा नगरपालिका शोकमग्न भएको छ ।

यसअघि शुक्रवार गएकाे पहिरोमा परि तिलागुफा नगरपालिका-७, ५ र ६ का १ जना गरी ६ बेपत्ता भएका थिए।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया