कालीकाेट : पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, खाेलाले बगाउँदा प्रहरी जवान बेपत्ता

 असोज २४, २०७९ सोमबार १६:५८:१५ | मनिराज पाण्डे
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट – कालीकाेटकाे सान्नी त्रिवेणी गाउँपालिकामा पहिराेमा परि एक जनाकाे ज्यान गएकाे छ । डाडुके खाेलामा माथिबाट खसेकाे पहिराेमा पुरिएर सान्नी त्रिवेणी ८ का १६ वर्षीय कबुल केसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  

यस्तै पहिराेमा परेर सान्नी त्रिवेणीकै मुम्रा गाउँकी २३ वर्षीया सविता केसी र २४ वर्षीया कल्पना केसी घाइते भएका छन् । 

खाेलाले बगाउँदा प्रहरी जवान बेपत्ता

यसैबीच खाडाचक्र नगरपालिका ८ काे सेरावाडा खोलाले बगाउँदा एक प्रहरी जवान बेपत्ता भएका छन् । 

खाेलाले बगाउँदा जुम्ला तातोपानी गाउँपालिका घर भइ कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत बेपत्ता भएका जानकारी प्राप्त भएकाे त्यही गणमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद सेजुवालले जानकारी दिनुभयाे । त्यस गण क्षेत्रमा रहेकाे टाकुल्ला खोला बढेका कारण तर्न नसक्दा प्रहरी घटनास्थलमा जान सकेकाे छैन । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया