रुपन्देहीमा सत्ता गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

 असोज २६, २०७९ बुधबार ६:१६:२४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उमेदवार हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिनुभएको छ ।  

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बनेको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको २ हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

गुरुङ र भूसालको उम्मेदवारी खारेजी सँगै एमाले उपाध्यक्ष पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ प्रतिस्पर्धी विहीन जस्तै भएको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिनेभन्दै विगत ५ महिना देखि निर्वाचन क्षेत्र केन्द्रित विभिन्न समाजसेवा मूलक कार्यक्रम गर्दै आउनु भएको थियो ।

एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी बन्दै आउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया