स्याङ्जा–१ (क) मा कांग्रेसका मेखलाल श्रेष्ठकाे उम्मेदवारी फिर्ता, अरू क–कसले फिर्ता लिए ?

 असोज २६, २०७९ बुधबार १६:२४:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि स्याङ्जा १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

यस प्रदेश सभामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अमृता थापा मगर उम्मेदवार बन्नुभएकाे थियाे । लामो छलफल र सहमतिपछि आफूले उम्मेदवारी फिर्ता लिएकाे श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । उहाँलाई पार्टी सभापित शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिनका लागि पत्र पठाउनुभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।  

यस्तै वालिङ २ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएका कांग्रेसका भाेजराज अर्यालकाे उम्मेदवारी कायमै छ । यस प्रदेशमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराई उम्मेदवार बन्नुभएकाे थियाे ।  

स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएका गोविन्दबहादुर रानाभाट र एकीकृत समाजवादीका विष्णु गिरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । यस्तै स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएका अर्जुन पौडेल र मनोज नेपालीले पनि उम्मेदवारी फिर्ता लिनुभएकाे छ । 
यस्तै समाजवादीका तर्फबाट स्याङ्जा १ (ख) मा उम्मेदवार दिनुभएकी शर्मिला देवी पौडेलले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । 

स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट बागी उम्मेदवारी दिनुभएका कपिलदेव न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएकाे छ । यस क्षेत्रबाट एमालेले पद्मा अर्याललाई टिकट दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया