कालीकोटका आठ वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

 असोज २८, २०७९ शुक्रबार १०:२८:३४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट — कालीकोटमा बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्याएका आठ वटा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीवार हिजाे बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कालीकोटका तिलागुफा, खाँडाचक्र, रास्कोट नगरपालिका र महाबै, शुभकालीका, सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका केही बस्तीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकाे हाे । साथै बैठकमार्फत सङ्घीय सरकारलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि अनुरोध समेत गरिएको छ ।

समितिको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जिल्लाका आठ वटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा  बताउनुभयो ।

बाढी र पहिरोले कालीकोटमा पाँच जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार यहाँका २ सय ३८ घरमा पूर्णक्षति र १ सय ५० घर आंशिक क्षति पुगेकाे छ । 

यस्तै कर्णाली राजमार्ग र कर्णाली करिडोरका केही भागहरु नदीसँगै मिसिएका छन् । गएको असोज १९ गतेदेखि लगातार ५ दिनसम्म परेको अविरल वर्षा पछि आएको बाढीले कर्णाली राजमार्ग अवरुद्ध छ । अहिले सडक खुलाउने काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया