सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गयो

 कात्तिक १, २०७९ मंगलबार १०:३८:५० | हेमराज शर्मा
unn.prixa.net

सल्यान – सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गएको छ । अर्का एक जना बिरामी  भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो ।

श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आमा शोभाको भने बिहान ज्यान गएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया