आमा डबलम हिमाल क्षेत्रमा बेपत्ता आराेहण सहयाेगी मृत भेटिए

 कात्तिक २, २०७९ बुधबार १९:२६:१८ | सुवास दर्नाल
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सोलुखुम्बु – सोलुखुम्बुको आमा डबलम हिमाल क्षेत्रमा तीन दिनदेखि बेपत्ता आराेहण सहयाेगी (क्लाइम्बिङ शेर्पा) मृत भेटिएका छन् । मृत भेटिनेमा सङ्खुवासभाको मकालु गाउँपालिका ९ का ३९ वर्षीय मिङमा ओङदी शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर शाहका अनुसार सेभेन समिट ट्रेकिङ अफिसमार्फत आमा डबलम हिमाल आरोहण गर्न आएका शेर्पा आरोहण सकेर फर्कने क्रममा गएकाे असोज ३१ गते बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आज (बुधवार) हिउँमा पुरिएकाे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गरी पाेस्टमार्टमका लागि हेलिकप्टरबाट काठमाण्डौको त्रिवि शिक्षण अस्पताल लगिएको लुक्ला प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया