दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

 कात्तिक ५, २०७९ शनिबार १७:३२:२७ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ – दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भइ दंगीशरण वडा नम्बर २ मा रहेको मामा घर आएकी अन्दाजी  १५ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बेपत्ता भएका किशोरीहरु सँगै नुहाउन गएकी त्यसै ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको  छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया