पूर्व सांसद मैयाँदेवी श्रेष्ठको निधन

 कात्तिक ६, २०७९ आइतबार ८:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राजनीतिज्ञ एवम् पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।

नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। उहाँलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो।

आज बिहान उपचारका क्रममा उहाँकाे निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । मैयाँदेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया