नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घाेषणापत्रमा (पूर्णपाठसहित)

 कात्तिक १२, २०७९ शनिबार ११:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा 'संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार' मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले सङ्घीय संसद् र प्रदेश सभामा बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाइ प्रदेश र पालिकाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सार्वजनिक खर्च कटौती, सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यतासहितका मापदण्ड लागू, स्वदेशी उत्पादन र उपभोगमा वृद्धि, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधार र कार्यान्वयन, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित जस्ता काम गर्ने कांग्रेसको प्रतिबद्धता रहेको छ ।

यस्तै, प्रदेश र पालिकालाई अनावश्यक हस्तक्षेप नगर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण नगर्ने, स्वार्थले द्वन्द्व सिर्जना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने, लैङ्गिक विभेद तथा सामाजिक विकृतिलाई प्रोत्साहन पुग्ने कुनै पनि काममा संलग्न नहुने कांग्रेसको प्रतिबद्धता छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया