दाङको बंगलाचुली गाउँपालिकामा मालवाहक ठूला गाडी चलाउन रोक

 कात्तिक १६, २०७९ बुधबार ८:९:४३ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभित्र मालवाहक ठूला गाडी चलाउन रोक लगाएको छ । असोज तेस्रो हप्ता परेको पानीले ठाउँ ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी चलाउन रोकेको हो ।

सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाकाे सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रकलगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।

मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले बताउनुभयो । अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उहाँको आग्रह छ । बङगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गा खानी रहेको र चुनढुङ्गा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया