दाङ : मंसिर १ देखि ३ गतेसम्म अत्यावश्यक सेवाबाहेकका गाडी राति चलाउन नपाइने

 कात्तिक २९, २०७९ मंगलबार ८:५३:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवम् भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते बेलुका ६ बजेदेखि ३ गते बिहान ६ बजेसम्मलाई स्वास्थ्य सेवा, विद्युत्, कृषि, दुग्ध पदार्थ, माछामासु, शवबहान, इन्धन र टेलिकमका गाडीबाहेक अन्य गाडी चलाउन नपाइने निर्णय गरेको हो ।

चुनावका बेला हुन सक्ने आपराधिक क्रियाकलापलाई रोक्नका लागि जिल्लामा चल्ने अत्यावश्यक सेवाका गाडी बाहेकलाई रातको समयमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया