सोलुखुम्बुमा उच्च ठाउँकाे मतपेटिका ढुवानीमा समस्या

 मंसिर ५, २०७९ सोमबार ९:३०:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा समस्या भएकाे छ । अत्यधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफैँ भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन्। 

जिल्लाको सबैभन्दा अग्लो ठाउँ ४ हजार मिटर उचाइको मतदान स्थलकाे मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्या भएपछि केही समय तातो पानीमा डुबाएर सिल गरिएको थियो। तर ढुवानीको क्रममा ती सिलहरु भाँचिन सक्ने भएकाले ढुवानीमा समस्या भएकाे निर्वाचन अधिकृत ङवाङ दोर्जी बाहिङले बताउनुभयाे। मतदान केन्द्रबाट भरियामार्फत् नाम्चेसम्म मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले थोरै प्रेसर पर्दा समेत चिसोले फुट्ने र भाँचिने सम्भावना हुने उहाँको भनाइ छ । 

उहाँका अनुसार ३८४ जना मतदाता रहेको पाङ्बोचे मतदान केन्द्रमा १५९ मत अर्थात् ४१ दशमलव ४० प्रतिशत मत खसेको छ। खुम्बुको वडा नम्बर १ क्षेत्रको दुई वटा केन्द्रका मतपेटिका गाडीमार्फत् मतगणना स्थल सल्लेरी ल्याइएको छ भने बाँकी ९ वटा केन्द्रको पेटिका आज सोमवार हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामा २ हजार ६ सय ४७ अर्थात ४४ दशमलव २१ प्रतिशत मत खसेको छ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया