खुम्बु क्षेत्रको १० थान मतपेटिका हेलिकप्टरबाट सल्लेरी झारियो

 मंसिर ५, २०७९ सोमबार १३:४५:३८ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - खुम्बु क्षेत्रको १० थान मतपेटिका हेलिकप्टरमार्फत् सल्लेरी ल्याइएको छ । 

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ नाम्चेमा सङ्कलन गरिएको मतपेटिकामध्ये पहिलो पटकमा नेपाली सेनाको हेलिकप्टरबाट १० थान मतपेटिका फाप्लु झारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयाे । उहाँका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार वटा उडान गरिने भएको छ ।

११ वटा मतदान केन्द्र रहेको खुम्बुमा खरिखोलाको २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने ९ वटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइँदैछ ।

 माथिल्लो भेगको मतपेटिका लुक्ला र नाम्चेमा सङ्कलन गरी हेलिकप्टरमार्फत् ल्याइने भएको हो । हिजो भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामध्ये २ हजार ६ सय ४७  मत खसेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया