सोलुखुम्बुमा भोलि दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

 मंसिर ५, २०७९ सोमबार २१:४१:५२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा भोलि मङ्गलवार दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने भएको छ । आज साेमवार बसेको सर्वपक्षीय बैठकले भोलि दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

आज अबेर मात्रै मतपेटिका सङ्कलन भइसकेको छ । भोलि बिहान १० बजेदेखि उम्मेदवारकाे उपस्थितिमा मतपेटिका सिल गरि, रुजु गरि दिउँसो १ बजेदेखि गणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

८१ हजार पाँच सय दुई जना मतदाता रहेका सोलुखुम्बुमा ३९ हजार चार सय ३३ अर्थात् ४८ दशमलव ३८ प्रतिशतमात्रै मत खसेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया