सोलुखुम्बुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै

 मंसिर ६, २०७९ मंगलबार १७:४९:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा चुनाव सकिएको २ दिनपछि मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा सङ्कलन गरिएको मतपेटिका मंगलबार बेलुकी ५ बजेबाट गणना सुरु भएको हो । 

जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समीक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ । 

जिल्लाको ८ पालिका मध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतपत्र सोमबार सल्लेरी आइपुगेको हो भने त्यस बाहेकका पालिकाहरूबाट आइतबार राती नै गाडीमार्फत सल्लेरी ल्याइएको थियो ।

खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो सल्लेरी ल्याइएको थियो भने लिखुपिकेबाट २८ थान मतपेटिका लामाजुरा हुँदै ट्याक्टर मार्फत सोमबार बेलुकी सल्लेरी ल्याइएको हो । 

८१ हजार ५ सय २ जना मतदाता रहेको सोलुमा ४० हजार ४ सय ३३ मत खसेको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया