इलाम १ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अग्रता बढाउँदै

 मंसिर ९, २०७९ शुक्रबार १३:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ ।

इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । पछिल्लो नतिजाअनुसार बस्नेतले खनाललाई पछाडि पार्नुभएको छ । यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच मताअन्तर १ हजार ६ सय ४२ रहेको छ ।

यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिनुभएको छ । उहाँले २० हजार ७१ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याइ रहनुभएको छ । नेम्वाङ र खड्काबीच १ हजार ७ सय ६५ मताअन्तर रहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया