स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

 मंसिर १६, २०७९ शुक्रबार १०:१७:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनुभएको छ । अर्यालले निकटतम् प्रतिस्पर्धी नेकपा –एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३०  मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । 

अर्यालले  १५ हजार १ सय ६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार  ४ सय ३१  मत ल्याउनुभयो । रेग्मी गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहनुभएको छ ।

रेग्मी २०७४ सालमा यही क्षेत्रबाट ३ हजारभन्दा धेरै मतान्तरले निर्वाचित हुनुभएको थियो । तर यो पटक भने आफू विजयी हुँदाको जस्तै मतान्तरबाट पराजित हुन पुग्नुभयो । रेग्मी एमालेको सङ्गठन मजबुत रहेको आफ्नै वडामा समेत पछाडि पर्नु भएको थियो ।

विवादका कारण मतदान भएको १० दिनपछि यो क्षेत्रका मतगणना भएको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया