स्कटल्यान्डले नेपाललाई ३ विकेटले हरायाे

 मंसिर १८, २०७९ आइतबार १९:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले हराएकाे छ । 

नेपालले दिएकाे एक सय ३८ रनकाे लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा सात विकेट गुमाएर भेटायाे ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, राेहित पाैडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले तीन विकेट लिए । 

नेपाललाई हराएसँगै स्कटल्यान्ड ३० खेलमा ४४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । नेपाल २२ खेलमा १८ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया