दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै एमालेका शिवाकोटी

 मंसिर १९, २०७९ सोमबार ६:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै छ ।

कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।

शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि परेका शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो ।

मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँसोदेखि फेरि उहाँले अग्रता लिँदै आउनुभएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया