कांग्रेसबाट समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा देउवालाई

 मंसिर २४, २०७९ शनिबार १६:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदहरुको टुंगो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनु भयो ।

उहाँले वरियता क्रम शुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकताालई ध्यानमा राखेर नै सांसदहरुको चयन हुने बताउनु भयो । उहाँले महिलाको एक तिहाई संख्या पुर्‍याइसकेपछि पुरुषतर्फ पनि आवश्यक्ताअनुसार सांसदहरु चयन गर्ने बताउनु भयो । आजको बैठकले पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने निर्णय भएको बताउनु भयो । 

प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरुसँग थप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुंगो लाग्ने बताउनुभयो ।  तर कांग्रेसका केही नेताहरुले भने समानुपातिक सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापतिलाई दिएकाे निर्णयकाे विराेध गरेका छन् ।


अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया