मधेस प्रदेशमा निर्वाचित सबै प्रदेश सभा सदस्यलाई ल्यापटप

 पुस ११, २०७९ सोमबार ९:३५:१८ | सुजीत झा
unn.prixa.net

महाेत्तरी - मधेस प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई ल्यापटप वितरण गरिने भएकाे छ । प्रदेश सभामा निर्वाचित सांसदहरुकाे शपथ ग्रहणकाे तयारी भइरहेकाे बेला प्रदेश सभा सचिवालयले सबैलाई ल्यापटप वितरण गर्ने तयारी गरेकाे हाे ।

ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरिएको छ । खरिद प्रक्रिया पूरा भएपछि ल्यापटप वितरण गरिने सचिवालयका सचिव रञ्जित यादवले बताउनु भयाे । 

'ल्यापटप वितरणका लागि टेण्डर आह्वान गरिएको छ' यादवले भन्नुभयाे,  ‘सम्पूर्ण प्रकृया पूरा गरेर ल्यापटप हस्तान्तरण गर्नेछौँ ।’

यसअघि पनि प्रत्येक प्रदेश सभा सदस्यहरुलाई ल्यापटप खरिद गरेर वितरण गरिएको थियो । त्यतिबेला सचिवालयले भ्याटबाहेक १ लाख १७ हजार ९७५ रुपैयाँ पर्ने डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप खरिद गरेको थियो ।

३ वर्षको ‘वारेन्टी’ सर्तसहितकाे खरिद प्रक्रिया अनुसार १ सय १८ वटा ल्यापटप र १ थान सर्भर किन्दा प्रदेश सभाको १ करोड ५९ लाख रुपैयाँ खर्च भएको थियो । अहिले फेरि  प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको छ ।

प्रदेश सभा सदस्यलाई दिने ल्यापटप फिर्ता नगर्ने गरी वितरण गरिने सचिव यादवले बताउनु भयाे । प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गरेसँगै प्रदेश सभाको लोगो र एक थान ल्यापटप दिने सचिवालयकाे तयारी छ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया