मधेस प्रदेशका सांसदले पुस १५ गते शपथ लिने

 पुस ११, २०७९ सोमबार १५:५:१३ | सुजीत झा
unn.prixa.net

सर्वदलीय बैठकपछि बाहिर निस्किँदै मधेस प्रदेशका सांसद

धनुषा – मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले यही पुस १५ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश सभामा आज साेमवार बसेको सर्वदलीय बैठकले पुस १५ गते दिउँसाे २ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिनुभयाे । 

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले अरू सदस्यलाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सदस्यलाई शपथ ग्रहणका लागि दुई घण्टाअघि नै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ । यस्तै आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअघि नै प्रदेश सभा सचिवालयमा जानकारी गराउनुपर्ने छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया