करोडाैँ खर्चेर बनाइएको फाप्लु विमानस्थलको प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन

 पुस १२, २०७९ मंगलबार ९:२८:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँ लागतमा २०७७ सालमा निर्माण भएकाे विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेकाे छैन । 

विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी, सुरक्षाकर्मीसहित यात्रुहरु पनि साँघुराे मार्गबाटै ओहाेरदाेहाेर गर्ने गर्छन्। 

बिरामीलाई धावनमार्गसम्म लैजाँदा बाटाे साँघुराे भएकाले स्टेचर नै छिराउन गाह्राे हुने गरेकाे नागरिककाे गुनासाे छ । विमानस्थलमा ठूला खालका सामग्री प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने बेला झनै कठिन हुने गरेकाे स्थानीय बताउँछन् ।  राज्यको करोडौँ लगानीमा निर्माण गरिएकाे संरचना वर्षौँदेखि उपयोगविहीन हुँदा समेत सम्बन्धित पक्ष भने मुक दर्शक बनेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले प्रवेशद्वारभन्दा भित्र भागको पर्खालको झण्डै ५ मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालनमा आउन नसकेकाे बताउनु भयाे । धावनमार्गकाे माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपछि मात्रै सञ्चालन गर्न सकिने उहाँकाे भनाइ छ । २०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार केही महिनामै भत्किएपछि पुनः मर्मत गरिएको थियोे

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया