रेलले किचेर धनुषामा एक जनाको ज्यान गयो

 पुस १३, २०७९ बुधबार १०:५९:४७ | सुजीत झा
unn.prixa.net

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सादाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको ज्यान गएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले पनि पुष्टि गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया