मधेसमा कांग्रेस संसदीय दलकाे नेतामा कृष्णप्रसाद यादव निर्वाचित

 पुस १४, २०७९ बिहिबार १९:२६:२१ | सुजीत झा
unn.prixa.net

धनुषा – नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताका लागि आज बिहीवार भएको चुनावमा यादव १८ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी रामसरोज यादवले चार मत प्राप्त गर्नुभएको छ ।

संस्थापन पक्षका तर्फबाट उम्मेदवार बन्नुभएका यादव रौतहट निर्वाचन क्षेत्र नंं १ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हाे । यस्तै रामसराेज यादव धनुषा निर्वाचन क्षेत्र नंं ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । 

मधेश प्रदेशमा नेपाली कांग्रेसका २२ जना सदस्य छन् । कांग्रेस यहाँ दोस्रो ठूलो दलको रूपमा रहेको छ । यसअघि पार्टीको मधेस प्रदेश सभापतिको चुनावमा पनि कृष्णकुमार यादवले रामसरोज यादवलाई पराजित गर्नुभएकाे थियाे । 

कांग्रेसले संसदीय दलकाे नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको थियाे । सर्वसम्मत दलकाे नेता छान्ने सहमति नभएपछि चुनावबाट निर्णय भएको पार्टीका प्रदेश उपसभापति एवम् निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया